६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालका औषधि पसलमा चल्यो महानगरको डोजर



काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरीत सञ्चालनमा रहेका फार्मेसी पसलहरू हटाउन थालेको छ। व्यवसायीहरूले कम्तीमा सात दिनको समय मागे पनि महानगरले बल प्रयोग गरेरै हटाउन लागेको हो।

महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेको थियो। व्यवसायीहरूले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका थिए।

महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ।

महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : २० बजे