१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुले विद्यार्थीलाई बसले किचेर मृत्यु भएपछि गजुरी तनावग्रस्त



काठमाडौं । धादिङको गजुरीमा बसले स्कुले विद्यार्थीलाई ठक्कर दिएर मृत्यु भएपछि अवस्था तनाग्रस्त बनेको छ ।

काठमाडौंबाट गोरखाका जादै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो ।

घटनापछि स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले अझै सडक बन्द गरेर नाराबाजी गरिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन् भने यात्रुहरुलाई सास्ती भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *