मकवानपुर । मकवानपुरको भीमफेदी जुरिखेतमा बस दुर्घटना भएको छ । अहिलेसम्म ७ जनाको शव भेटिएको छ ।
अन्यको अवस्था बारे खोजी भइरहेको छ । धेरै घाइते भएका भएपनि घाइतेहरुको विवरण एकिन हुन सकेको छैन् । मृत्यु भएकाहरुको पनि पहिचान खुल्न सकेको छैन् ।
प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।
बस दुर्घटनाको कारण पनि थाँहा हुन सकेको छैन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
प्रतिक्रिया