८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु



काठमाडौं । आज देशभर भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् ।

मकवानपुरमा ७ र रुकुम पूर्वमा ५  र गजुरीमा बसले ठक्कर दिदा एक बालक गरी १३ को ज्यान गएको हो ।

मकवानपुरको भीमफेदीमा बस सडकबाट तल खस्दा हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको टाटा सुमोमाथी ठोक्कीन पुगेर दुर्घटना भएको थियो ।

बिहीबारै रुकुम पूर्वमा भएको गाडी दुर्घटनाका ५  जनाको मृत्यु भयो भने अन्य ३ जनाको अवस्था गम्भीर छ ।

बिहीबारै बिहान धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भयो । घटनाापछि स्थानीयले प्रदर्शन गरेका कारण दिनभर यातायात अवरुद्ध भयो ।

बन्द यातायात अपरान्ह् देखि मात्रै खुलेको थियो ।

हरेक वर्ष दशैं तिहार नजिकिदै गर्दा सवारी दुर्घटना बढ्ने गरेका छन् । त्यो क्रम यो वर्ष पनि सुरु भएको छ ।

चाडपर्व नजिक आउदा सवारी साधनमा कोचाकोच यात्रु हाल्ने र क्षमता भन्दा धेरै भार बोक्ने गरेका कारण हरेक वर्ष यस्ता दुर्घटना आउने गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *