६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता



काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता उत्पन्न भएको छ । उनको श्वासप्रश्वासमा समस्या देखिएपछि अवस्था थप जटिल बनेको हो ।

स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका केसी यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर ११ दिनदेखि अनशनमा छन् ।

श्वासप्रश्वास संगै उनको मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने र रक्तचापमा समेत समस्या देखा परेको छ ।

धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा बुधबार काठमाडौं ल्याइएको थियो । डा. केसीलाई शिक्षण अस्पाल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।

उनको अवस्था बारे सरकार पक्षले कुनै वास्था नगरेको उनी निकटहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *