८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० दिनमै फेरिए सप्तरीका सिडिओ, अछामका सिडिओको पनि सरुवा



काठमाडौं । गृह मन्त्रालयले सप्तरीका सिडिओ नूरहरि खतिवडालाई १० दिनमै हटाएको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। 

सप्तरीको सिडिओमा गृहले सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन्। 

बिना कुनै कारण सिडिओको १० दिनमै सरुवा गरिएपछि कर्मचारीले अनौठो मानेका छन्।

सिडिओ रहेका खतिवडाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यत्र सरुवा गरेपछि त्यहाँ नयाँ सहसचिवलाई खटाइएको गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताए। 

यस्तै, अछाम जिल्लाका सिडिओ विश्वराज मरासेनीको पनि सरुवा भएको छ ।

केहि दिन अघि सामाजि संजाल फेसबुकमा ब्यापक आलोचित बनेका मरासेनीको पनि सरुवा भएको हो ।

जिल्लाको बिनायकमा विनोद शाही हत्या प्रकरणपछि उनीले पक्षपात पूर्ण ढंगले काम गरेको आरोप एमाले निकटहरुको छ भने कांग्रेस निकटले उनको प्रशंसा गर्ने गरेको देखिन्छ ।

यहीँ कारण उनी पछिल्लो समय जिल्लामा बिवादमा रहे । खासगरी मरासेनीको बिषयमा सामाजिक संजालमा बिरोध र समर्थन चल्ने गरेको छ ।

गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ९ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *