१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्रमा इन्सपेक्टर र असईका लागि जागिर खुल्यो



काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ अधिकृत तहमा भर्ना खुलेको छ । जम्मा १६२ जनाका लागि भर्ना खुलेको हो ।

जसमा ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असाई) रहेको शसस्त्रले जारी गरेको सूचनामा उल्लेख छ ।

७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भर्ना हुन चाहने व्यक्तिले ६ कात्तिक सम्म आवदेन दिनसक्नेछन् । उक्त अवधिभित्र तोकिएका कार्यालयमा आवेदन दिन सकिनेछ ।

तोकिएका कार्यालयहरु पनि सूचनामा उल्लेख गरिएको छ । सूचना गोरखापत्रमा छापिएको छ ।

निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोक र सहायक निरीक्षकमा फाराम भरेकाहरुले पनि सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *