१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री र युरोपेली संसदीय मण्डलबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु )को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *