काठमाडौं । काठमाडौंमा अवैध संरचना भत्काउने सिलसिला आज पनि जारी छ । अनामनगर र धोबीखोलामा अहिले महानगरको डोजर चलिरहेको छ ।
मनामनगरमा बनेका सबै अवैध संरचना डोजर लगाएर भत्काउन थालिएको महानगरले जनाएको छ । जुन संरचना नक्सा विपरीत बनेका छन् ति सबैमा डोजर लाग्ने छ ।
दिनभरमा नसकिए निरन्तर रुपमा त्यस क्षेत्रका नक्सा विपरीतका संरचना भत्काउने योजनामा महानगर लागेको छ । अहिले महानगरको टोली डोजर लगाएर अवैध संरचना भत्काइरहेको छ ।
केहि घण्टा अघि अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको महानगर अहिले अन्य संरचनामा लागेको छ ।
त्यहाँ नक्सा विपरीत बनेको पर्खाल समेत भत्काइएको छ ।
प्रतिक्रिया