१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लौरो चुनाव चिह्न स्वतन्त्रहरुको हो भनेर भ्रम नछर्नु : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूको चुनाव चिह्न ‘लौरो’ हो भनेर भ्रामक प्रचार नगर्न भनेको छ । यस्तो प्रचार रोक्न समेत निर्देशन दिइएको छ ।

यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न भनेको हो ।

आयोगले सो पार्टीलाई तीनदिने स्पष्टीकरण पनि सोधेको छ । आयोगले स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ ।

के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? भनेर आयोगले स्पष्टीकरण सोधेको हो । यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? भनेर पनि सोधिएको छ भने कानुनविपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीनदिने स्पष्टीकरण समेत सोधेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *