१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओली जनकपुर पुगेर रेल चढे



जनकपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेर रेल चढेका छन् । उनी जनकपुर– जयनगर रेल चढेका हुन् । यो खण्डमा उनको पहिलो रेल यात्रा हो ।

जनकपुरबाट रेल चढेर ओली धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका छन् । त्यहाँ शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि पुगेका थिए ।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न ओलीले टिकट समेत किनेका थिए ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएपछि ओली त्यहाँ पुगेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *