१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुले मृत्यु हुनेको संख्या २९ पुग्यो, २२ हजार बढीमा संक्रमण



काठमाडौं । नेपालमा आजसम्म डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशभर २२ हजार बढीमा डेंगुको संक्रमण देखिएको छ ।

७६ जिल्लामा फैलीएको यो रोगले हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । २०६१ मा नेपालमा पहिलो पटक देखिएको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु देखिएको छ ।

ललितपुर,भक्तपुर लगायतका सबैभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *