१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभत्स अवस्थामा महिलाको शव फेला



महोत्तरी । खेतमा घाँस काट्न गएकी एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ। जिल्लाको मटिहानी नगरपालिका–१ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारीकी श्रीमती अन्दाजी ४० वर्षीया अमना खातुनको शव विभत्स हत्या भएको अवस्थामा फेला परेको हो।

शुक्रबर बिहान १०/११ बजेतिर घाँस काट्न भनी खेत गएकी अमिना दिनभरी पनि घर नफर्किएपछि परिवार तथा गाउँलेले दिनभर खोजी गरेका थिए। नभेटिएपछि प्रहरीसमेतको सहयोगमा खोजी गर्दा राती करिब साढे १० तिर उनको शव फेला परेको हो।

बस्तीको दक्षिणपट्टी झण्डै एक किलोमिटर दुरीमा रहेको खोइर भन्ने स्थानको बाँसघारीमा शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल सडकभन्दा निकैभित्र रहेको प्रहरीको भनाइ छ। घटनाबारे सत्यतथ्य पत्ता लाउन प्रहरीले अनुसन्धान सुरु गरिसकेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए। मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन्।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : १३ बजे