१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर गोविन्द केसी र सरकार बिच सहमति, तोडियो अनशन



काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकार बीच सहमति भएको छ । सहतिपछि डाक्टर केसीले अनसन तोडेका छन् ।

डा. केसीले २७ भदौमा धनगढीको कृष्णबाट मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या आउदा सुरुमा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार सुरु गरिएपनि त्यहाँ उनको अवस्था सुधार नभएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *