१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोहोरोले हानेर श्रीमतीको हत्या



सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा आफ्नै श्रीमानले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन् । ५४ वर्षीय पिताम्बर भुसाल श्रीमतीको हत्या गरेका हुन् ।

उनले लोहोरोले हान्दा ५० वर्षीया मनकलाको ज्यान गएको छ । घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले उनले श्रीमतीको टाउकोमा हानेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पटक पटक झगडा हुने गरेको पाइएको छ ।

पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उनले बताए । मनकलाको घटनास्थलमै मृत्यु भएको थियो ।

पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *