७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि सवारी साधनमा यान्त्रिक परीक्षण गरिने, दुर्घटना रोक्ने मुख्य उद्देश्य



काठमाडौं । लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । यो नियम काठमाडौं उपत्यकाबाट बाहिरिने सावारी साधनमा लागु हुनेछ ।

दशैंमा सवारी साधनमा भिड हुने र यो समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले यान्त्रिक परीक्षण गर्नुपर्ने भएको हो ।

रुट परमिट लिने बेला नै यान्त्रिक परीक्षण गर्ने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

त्यसका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरुमा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।

यो संगै यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको छ ।

यदि यी नियमहरु पालना नगरेको पाइएमा तत्काल नजिकको प्रहरी कार्यालयमा फोन गरेर जानकारी गराउन पनि गृह मन्त्रालयले सबै यात्रुमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *