१० बैशाख २०८२, बुधबार | Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोगले आज राजनीतिक दलहरु संग छलफल गर्ने



काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरु संग छलफल गर्दैछ । छलफलका लागि दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु संग चुनाव लक्षित छलफल गर्न लागिएको हो ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *