७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रका नेताहरुद्धारा सामुहिक राजीनामा



काठमाडौं । प्रतिनिधिसभाको उम्मेदवार आफ्नो भागमा नपरेपछि धनकुटामा माओवादी केन्द्रका नेताहरुले सामुहिक राजीनामा दिएका छन् ।

उनीहरुले प्रतिनिधिसभाको उम्मेदवार आफुहरुले पाउनुपर्ने दाबी गर्दै आएपनि उम्मेदवार अर्कै पार्टीको भागमा परेपछि सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन ।

जिल्लाका नेताहरूले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारे पनि नेता सुनील थापाको समेत दाबी रहेकाले सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *