७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुले मृत्यु हुनेको संख्या ३२ पुग्यो, २४ हजार बढीमा संक्रमण



काठमाडौं । डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अन्य एक हजार ५१  जना संक्रमित भएका छन् ।

सोमबारसम्ममा जम्मा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । आइतबारसम्म डेंगु संक्रमितको संख्या २४ हजार ४९२ जना थियो ।

अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *