गोरखा । मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ । घटनामा १५ जनाभन्दा धेरै घाइते भएका छन् ।
सोमबार अपरान्ह १२ बजे चुमनुब्री गाउँपालिका–१ मा झरेको हिमपहिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको हो ।
इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीका अनुसार चौथो शिविरमा अक्सिजन लगायतका आत्यावश्यकीय सामान पु¥याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घाइते भएका छन् । सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घाइते छन् ।
घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर त्यहाँ पुगेका छन् । खराब मौसमका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ ।
किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन् । केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन् ।
प्रतिक्रिया