४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष एमाले प्रवेश गरे



काठमाडौं । नेकपा एकीकृत समाजवादी अछाम जिल्लाका अध्यक्ष नेकपा एमालेमा फर्किएका छन् । अध्यक्ष हिरण्ड भट्टराई एमाले फर्किएका हुन् ।

उनी सहित एकीकृत समाजवादीका केहि नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् । उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका थिए ।

एमालेमा फर्किएका जिल्ला अध्यक्ष भट्टराईले कम्युनिस्ट एकतालाई बलियो बनाउन पार्टी टुक्रिएर नहुने भएकाले आफु पनि एकताकै लागि यो निर्णयमा पुगेको बताए ।

उनले केपी शर्मा ओलीको आलोचना गरेर केहि नहुने भन्दै गितमा ओलीलाई खराब भन्नेहरु अहिले आफु नै बढी खराब भएर प्रस्तुत भइरहेको आरोप लगाए ।

तर नेकपा एकीकृत समाजवादीले भने जिल्ला अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर पनि भट्टराईल स्थानीय तह निर्वाचन देखि नै पार्टी विरुद्ध हिडेको अरोप लगाएको छ ।

एक विज्ञप्ती जारी गर्दै समाजवादीले भट्टराईले केहि समय यता पार्टीको हित विपरित काम गरिरहेकाले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको उल्लेख गरेको छ ।

सुदूरपश्चि प्रदेश कमिटीले जारी गरेको ज्ञिप्तीमा भट्टराईले आफ्नो पदको दुरुपयोग गरेकाले उनलाई कारबाही गरेको जनाइएको छ । उनलाई कारबाही गरिएपछि पार्टीका जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्टलाई कार्यवहाक अध्यक्षको जिम्मोवारी दिइएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्धारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *