१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवीन्द्र मिश्रले अब हलो बोक्ने, छुट्यो तराजु



काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र अब भोलि बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।

उनी यसअघि संचारकर्मीबाट विदा हुनुअघि वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लाग्न पुराना पार्टीमा नजाने भन्दै छुट्टै पार्टी निर्माणमा लागेका थिए ।

तर अन्तत उनी पुराना पार्टी मध्येको एक राप्रपामा पुगेर तराजुबाट हलो बोक्ने निश्चित भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी राप्रपाले मिश्रलाइ प्रवेश गराउन लागेको हो । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण समूहको नाममा विवकेशील साझाका केही नेता पनि राप्रपामा प्रवेश गर्न लागेका छन् ।

कमल थापालाई पराजित गरी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि मिश्र उनीसँग लगातार संवादमा थिए । गत स्थानीय तहको निर्वाचनमा आफू नेतृत्वको पार्टीले शर्मनाक पराजय व्यहोरेपछि मिश्रले अध्यक्ष पदबाट राजीनामा दिई साधारण सदस्य मात्र रहेका थिए । । राप्रपा प्रवेश गर्ने भएपछि भने उनले विवेकशिलको साधारण सदस्यसमेतबाट समेत राजीनामा दिइसकेका छन् ।

राप्रपामा उनलाई सहअध्यक्ष पद दिने सहमति भइसकेको नेताहरूले बताएका छन् । मिश्र केही अघि नै राप्रपामा प्रवेश गर्न लागेको भए पनि उनले मागेअनुसारको पद टुंगिन नसक्दा ढिलो भएको हो । उनले अध्यक्ष लिङ्देनपछिको पद मागेका थिए । तर, राप्रपाका केही उपाध्यक्षले विरोध गरेपछि उनको पार्टी प्रवेश लम्बिएको हो । अन्ततः सहअध्यक्ष दिएर मिश्रलाई भित्र्याउन राप्रपाका सबै सहमत भएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *