१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष



काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरेका छन् । काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आफ्ना केही सहयोगीसहित मिश्र राप्रपा प्रवेश गरेका हुन् ।

यद्यपी यसलाई राप्रपा र मिश्रको समूहबीचको एकता घोषणा भनिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने घोषणा पनि गरिएको छ । उनीसँग प्रवेश गर्नेलाई के पद दिने भनेर एक सातामा टुङ्गो लगाउने जनाइएको छ ।

लिङ्देनले पहिले माला लगाएर मिश्रलाई पार्टीमा स्वागत गरेका थिए । पछि मिश्रले पनि लिङदेनलाई माला लगाइदिए । त्यसअघि मिश्रले पृथ्वीनारायण शाहको तस्वीरमा ढोगेका थिए । यसअघि उनले विवेकशील साझा पार्टी छाडेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *