८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दिनमा तीन लाखले छाडे उपत्यका



काठमाडौं । दसैँ नजिकिएसँगै उपत्यका बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन् ।  घटस्थापनाको दिन सोमबार र अर्को दिन मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ । सामान्य अवस्थामा दैनिक १५–२० हजारले उपत्यका छाड्ने भए पनि दसैँको वेलामा भने उपत्यका बाहिरिनेको संख्या ह्वात्तै बढेको कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यो संख्या फूलपातीदेखि बढ्छ । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।

‘अन्य समयमा भन्दा दसैँको वेला उपत्यकाबाट बाहिरिने चाप बढी हुन्छ,’ उनले भने, ‘अधिकांश भूभागमा पानी नपरेकाले दसैँको यात्रा सहज नै छ ।’ यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्था विभागले सोमबार देखि नै ‘रुट फ्री’ गरेको छ । यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रुटमा गुड्न पाउनेछन् । यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको नयाँ पत्रिकामा खबर छ । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *