४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैं मनाउन गाउँ जानेको लर्को, काठमाडौं सुनसान



काठमाडौं । दसैं मनाउन काठमाडौंबाट गाँउ जानेको लर्को लाग्न थालेको छ । बसपार्क र एयरर्पोटमा यात्रुहरुको प्राय भिड देखिन्छ । उनीहरु सबै काडमाडौंबाट घर फर्किन लागेका हुन् ।

अछामका निरज भण्डारी काठमाडौंमा पढ्नको लागि बस्छन् । दसैं उनी बिहीबार घर हिडेका छन् । ‘दसैंमा पनि के काठमाडौंमै बस्नु । म गाउँ हिडे’, उनले भने ।

पर्वतका मुकेस नेपालीले आउँदो आइतबारका लागि बसको टिकट बुकिङ गरेका छन् । दसैंमा परिवार सँग रमाउन र मासु खान उनलाई खुब मन पर्छ । यस अघिका तीन वर्ष दसैंमा काठमाडौंमै बस्नुपर्दा धेरै नरमाइलो लागेको उनले सुनाए ।

घर जाने तयारीमा रहेकाले उनले सरकाले यातायात सेवामा नियमन गर्ने, गलत काम गर्नेलाई कारबाही गर्ने, अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने लगायतका कार्यलाई व्यवस्थीत गरेको देखेर खुसी व्यक्त गरे । टिकटकालागि बसपार्क पुगेका उनले यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभर लागू हुने गरी रुट परमिट खुला गरिएको थाहाँ पाएर थप उत्साह देखाए ।

अछामका निरज भण्डारी र पर्वतका मुकेस नेपाली जस्तै हजारौ यात्रु अहिले बसपार्कमा भेटिने गरेका छन् । उनीहरु सबै व्यवस्थीत टिकट व्यवस्थाका साथ घर फर्किरहेका छन् । तर यात्रुको संख्या अनुसार अझै यातायातका साधन प्रयाप्त नहुदा भने कयौंले समयमा टिकट पाउन सकेका छैनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवसायीले यात्रुले अग्रिम टिकट बुकिङ गरिरहेको बताए । अनलाइन बुकिङ सिस्टम नजोडिएका ठाउँमा बसपार्कमै टिकट काट्ने गरेका छन् । घटस्थापनादेखि दैनिक लाखौं यात्रु ओहोरदोहोर गर्ने गरेको उनको भनाइ छ ।

सिटौलाले वर्षात् नरोकिएका कारण यात्रा असहज भए पनि हरेक दिन अग्रिम गाडी काठमाडौंबाट छुटिरहेको बताए ।

यातायात आवागमनलाई सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायत ठूला सवारीसाधन रोक लगाइने भएको छ । असोज १६ देखि २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न पाइँदैन । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले मुख्य सडक मर्मत, सम्भार गरी यातायात सञ्जाल सहज बनाउन सम्बन्धित निकायलाई अनुुरोध गरिएको बताए ।

दिनहु लाखौ मानिसहरु काठमान्डौंबाट बाहिरीन थालेपछि राजधानी भने दिनप्रतिदिन सुनसान बन्न थालेको छ । यहाँ सडकमा सवारी आवागमन पनि पातलिदै गएको छ । गाउँ जानेको लर्को लागेपछि व्यपार व्यवसाय र अन्य कारोबार समेत बन्द हुन थालेका छन् । तर गाउँ जाने सडक छेउछाउका पसल र साना बजारहरुमा भने चहलपहल बढेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ३ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *