१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ट्रक दुर्घटना, चालकको मृत्यु



जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको हो ।

हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

उनका अनुसार दुर्घटनामा घाइते गाडीका सहचालक हरि न्यौपाने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटनामा परेको थियो । नाग्म गमगढी सडक खण्ड अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र हो । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *