काठमाडौं । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार र तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो।
बिहीबार सुन तोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया