८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंमा भारी वर्षा हुने, टीकाको दिन अति वर्षाको सम्भावना



काठमाडौं । यो वर्ष दशैंका चार दिन निरन्तर वर्षा हुने सम्भावना देखिएको छ । जसले गर्दा नवमीदेखि चारदिनसम्म सडक तथा हवाई यातायात प्रभावित हुने अनुमान छ ।

भारत बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएकाले दशैंभर पानी पर्ने देखिएको हो ।

असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जारी गरेको दशैं विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।

असोज १९ गते दशैंको टीकाको दिन चाँही केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । बुलेटिनमा लेखिए अनुसार असोज १९ गते देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुने छ ।

असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *