काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउने समायावधी आज सकिँदैछ ।
आगामी मंसिर ४ मा हने चुनावका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको समयावधि दिएको थियो ।
समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेश गरेका थिए। १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ।
प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्। दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ।
नेपाली कांग्रेस लगायतका दलहरूले पुरानो सूची सच्याएर नयाँ बुझाउने तयारी गरेका छन्। कांग्रेसमा संस्थापनइतर समूहले समानुपातिकको बन्द सूचीप्रति असन्तुष्टि जनाएपछि पार्टी सभापति शेरबहादुर देउवा सूची सच्याउन तयार भएका हुन् ।
प्रतिक्रिया
Crea account personale
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.