१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट झापा जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, ३६ घाइते



काठमाडौं। मकवानपुरमा आइतबार राति भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन्।

काठमाडौंबाट झापाको दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरियामाई नजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजवंशी र झापाको दमक-५ का दिल्लीबहादुर दर्जी छन्। कल्पनाको चुरेहिल अस्पताल र दिल्लीबहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि चितवन र काठमाडौं रेफर गरिएको छ। घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *