७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३२ दलले बन्दसूची सच्याए, नाम फिर्ताको समय आज सकिने



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ३२ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची परिमार्जन गरेका छन् ।

मङ्सिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सच्याएर बुझाउन हिजोसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ती ४८ दलमध्ये प्रतिनिधि सभातर्फ ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् ।

प्रदेश सभातर्फ प्रदेश एकमा ३१ दल, मधेस प्रदेशमा २१, वाग्मती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएका पनि वाग्लेले जानकारी दिए ।

अब आयोगले बन्दसूचीमाथिको थप प्रक्रिया सुरु गर्नेछ। अब बन्दसूचीमा नाम रहेको सम्बन्धित व्यक्तिले फिर्ता लिने र उम्मेदवारविरुद्ध उजुरी परेर छानबिन गर्दा नाम हट्नेबाहेक दलहरुले बुझाएको नाममा हेरफेर नहुने निर्वाचन आयोगले जनाएको छ। नाम फिर्ता लिन चाहने उम्मेदरवारलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

कसैले नाम फिर्ता लिएमा अर्को व्यक्तिलाई दलले उम्मेदवार बनाउन सक्नेछन् । निर्वाचन आयोगले नाम फिर्ता लिएको उम्मेदवारबारे आज दिउँसो तीन बजेसम्म सम्बन्धित दललाई जानकारी दिनेछ।

अन्तिम सूची निर्वाचन आयोगले असोज २२ गते प्रकाशन गर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ४८ दिन मात्रै बाँकी छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *