८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंमा नेपाली बजारमा भारतीय स्याउ



काठमाडौं । प्रत्येक वर्ष दशैंमा चिनियाँ स्याउको बर्चस्व हुने गरेकोमा यसपटक भने भारतीय स्याउ बढी भित्रिएको छ ।

उत्तरी नाका अवरोध हुँदा चिनियाँ भन्दा भारतीय स्याउ बढी भित्रिएको हो । गत साउन र भदौमा चिनियाँ भन्दा भारतीय स्याउको आयात दोब्बरले बढी छ । २ महिनामा भारत र चीनबाट मात्रै स्याउ आयात भएको छ । चीन ४५ करोड र भारत ९५ करोड रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत साउन र भदौ महिनामा मात्रै १ अर्ब ४० करोड रुपैयाँको स्याउ आयात भएको हो । अघिल्लो वर्षको यही अवधिमा चिनियाँ स्याउ ८६ करोड र भारतबाट ४१ करोड रुपैयाँको भित्रिएको थियो । साउनदेखि भदौ अन्तिमसम्म मात्रै डेढ अर्ब बढी रुपैयाँको स्याउ भित्रिएको छ । नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको स्याउ भित्रिने गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब १५ करोड रुपैयाँको स्याउ भित्रिएको थियो । १ वर्षमा ८ करोड ६७ लाख किलो स्याउ आयात भएको छ । अघिल्लो वर्ष ५ अर्ब ९८ करोड रुपैयाँको स्याउ चीनबाट आयात हुँदा १ अर्ब १६ करोड रुपैयाँको मात्रै भारतबाट स्याउ आयात भएको थियो । त्यस्तै अमेरिका ४४ लाख र टर्कीबाट ४ करोड १७ लाख रुपैयाँको आयात भएको छ । कोभिड महामारीताका स्याउको आयात नै घटेको थियो ।

४ अर्ब ६० करोडको स्याउ आयात हुँदा ३ अर्ब २२ करोडको चीन र १ अर्ब ३६ करोड भारतबाट भित्रिएको थियो । नेपालमा मनाङ, मुस्ताङ र जुम्लासहित हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरेपनि व्यवस्थित ढंगबाट बजारमा आउन सकेको छैन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *