१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैंमा साटियो ५६ अर्ब नयाँ नोट



काठमाडौं । यो दसैंमा ५६ अर्ब रुपैयाँ नयाँ नोट साटिएको छ । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँ तथा ५०० र १००० रुपैयाँ नोट साटिएका हुन् ।

साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाली अक्षरलाई बताए ।

एनका अनुसार राष्ट्र बैंकले केन्द्रीय कार्यालयले गत २९ भदौदेखि नयाँ नोट साट्न सुरु गरिएको थियो । बैंक तथा वित्तीय संस्थाले भने असोज पहिलो सातादेखि नयाँ नोट साट्न थालेका थिए ।

दसैंमा टीका लगाउदा र पुजा गर्दा नयाँ नोट राख्ने प्रचलन छ । तर यो बेला नयाँ नोट जल्ने र मैलीने बढी सम्भावना हुने भएकाले त्यस तर्फ ध्यान दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ९ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *