६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएन झरी, अझै धेरै वर्षा हुने अनुमान



काठमाडौं। आज बिहानै देखि देशका अधिकांस ठाँउमा पानी परिरहेको छ । गएरातभर पनि ठूलो वर्षा भएको छ । तत्काल वर्षा रोकिने सम्भावना छैन् ।
बुधबार आज दिनभर पानी पर्ने र केहि ठाउँमा भारी वर्षा हुने पूर्वानुमान छ । गएरातभरको वर्षाले देशका केहि ठाउँमा जनजीवन प्रभावित भएको छ ।

मङ्गलबार रातभर पनि देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेकाले ठाउँ ठाउँमा बाढीको चेतावनी दिइएको छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुंगा, गोरखा, लमजुङ, पाल्पा गुल्मी, अर्घाखाँची, नवलपरासी, रोल्पा, रुकुम, सल्यान लगायतका जिल्लामा रातभर भारी वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । साना खोला तथा नदीमा बाढी आउने भएकाले निकै चनाखो रहन केन्द्रले आग्रह गरेको छ ।

वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ । आज देशका धेरै ठाउँमा पानी पर्ने तथा मध्य र पश्चिम भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ५२ बजे