१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीद्धारा दसैँको शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा सबै देशबासीलाई शुभकामना दिएकी छन् ।

उनले दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको बताएकी छन् । यसप्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिको रहेको छ ।

शुभकामना सन्देशमा ‘बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक(सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस’, भनिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : १० बजे