१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुले ४१ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो



काठमाडौं । डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । ३१ हजार १ सय ३ जना संक्रमित हुदा मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ७६ जिल्लामा डेंगु फैलिइसकेको छ । यो रोगका कारण अहिलेपनि अस्पतालको सम्पर्कमा आएर घरमै आराम गरिरहेका बिरामीको संख्या अझ धेरै छ ।

उनीहरुमा ज्वरो आउने, ढाड दुख्ने, हातखुट्टा गल्ने, कमजोर महसुस हुने र कतिपयमा टाउको दुख्ने जस्ता लक्षण रहेका छन् ।

यो बेला उच्च सर्तकता अपनाउन नसके ज्यान जाने जोखिम हुन्छ । यो रोग मान्छेबाट मान्छेमा नसरेपनि बिरामीलाई टोकेको लामखुट्टेले तुरुन्तै रोग सार्ने खतरा हुन्छ ।

जसका कारण लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरुले सुझाब दिदै आएका छन् । अहिले काठमाडौं, ललितपुर र भक्तपुरका अस्पतालहरुमा डेंगुका बिरामी दैनिक आउने गरेका छन् ।

देशका अन्य अस्पतालहरुमा पनि डेंगु लागेर उपचारमा आउने बिरामीको संख्या घट्न सकेको छैन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *