६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारहरुले १८ प्रतिवद्धतामा हस्ताक्षर गर्नुपर्ने



काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारहरूले १८ वटा बुँदामा हस्ताक्षर गर्नुपर्ने भएको छ ।

यसबारे निर्वाचन आयोगले उम्मेदवारहरुका लागि स्वःघोषणाका बुँदाहरू सार्वजनिक गरेको हो । असोज २३ गते मनोनयन पत्र दर्ता गर्दा उनीहरुले बुँदाहरुमा अनिवार्य हस्ताक्षर गर्नुपर्ने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकोले मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भई स्वःघोषणापत्रमा दस्तखत गर्नुपर्ने अयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *