१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्रनै प्रतिनिधि सभातर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताए । उनले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताए ।  स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार र शनिबारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताए ।

उनले  निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने बताए । सहप्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताए । निर्वाचन अधिकृतहरुले प्रतिनिधि सभाको लागि छुट्टै कक्ष र प्रदेश सभाको १ को लागि छुट्टै र दुईको लागि छुट्टै गरेर तीन वटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताए ।


सहप्रवक्ता अर्यालले आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताए । उनले  विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताए । उनले ठूला दलहरु दल दर्ता गर्न जाँदा  भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने बताए । उनले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने ? भन्नेकुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताए । 

सहप्रवक्ता अर्यालले मनोनयन दर्ताका लागि जाने क्रममा भीडभाड बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको बताए ।  मनोनयनका लागि एकैपटक भीड नबढाउन दर्ता स्थल फरकफरक गर्ने, ठूला दलहरुको लागि समय मिलाउने र आचारसंहीता अनुसार २५ जना मात्रै सहभागी बन्ने हो भने व्यवस्थित रुपमा मनोनयन प्रक्रिया अघि बढ्ने उनले बताए । 


सहप्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताए । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *