१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा खोलाले बगाउदा एक महिला वेपत्ता



अछाम । अछाममा खोलाले बगाउदा एक महिला वेपत्ता भएकी छन् । मंगलसेन नगरपालिका–११ खिमाडा गिटीखौला टोलकी ४४ वर्षीया सरस्वती रावललाई खोलाले बगाएको हो ।

जिल्लाको बयालपाटाबाट घर फर्किने क्रममा दिउँसो साढे दुई बजेपछि उनलाई मंगलसेन–९ मा पर्ने कैलाशखोला माथिको तापिरवा खोलाले बगाएको अछामका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

उनका अनुसार निरन्तरको वर्षाले बढेको खोला पार गर्न खोज्दा उनी वेपत्ता भएकी हुन् । खोलामा वेपत्ता रावल सँगै अन्य दुई जना महिला पनि थिए ।

उनीहरु मध्ये एक महिलाले खोला पार गर्न सफल भइन् । उनी पछि खोला पार गर्न खोज्दा रावललाई खोलाले बगाएको हो भने अर्की एक महिला पारी नै रोकिएकी थिइन् ।

घटना बारे स्थानीयले जानकारी गराएपछि प्रहरी निरीक्षक कैलास बिष्टको नेतृत्वमा खटिएको टोलीले तापिरवा र कैलाशखोला क्षेत्रमा खोजी गरिरहेको डाँगीले नेपाली अक्षरलाइ बताए ।

दुई दिन देखिको निरन्तरको वर्षाले अछामका सानाठुला सबै खोलामा पानीको बहाव बढेको छ भने अधिकांस ग्रामीण सडकहरु बन्द छन् । जसका कारण खोला वारपार गर्न र एक ठाउँबाट अर्को ठाउँ जान कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ५ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *