१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् कांग्रेसबाट प्रतिनिधिसभाका दश उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दस सिटको बाँडफाँट टुंग्याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित दस सिटको टुंगो लागेको हो ।

देउवा आफ्नै गृहजिल्ला डडेलधुराबाट चुनाव लड्नेछन् । त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा लतित जंग शाही, तेह्रथुम (क)मा सन्तोष सुब्बा र ताप्लेजुङ (ख) मा खगेन सिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ ।

बाँकी क्षेत्रमा आज शनिबारको बैठकले टुंगो लगाउने बताइएको छ । आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *