३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटे डेंगुका बिरामी



काठमाडौं । डेंगुका बिरामी कम हुँदै गएका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दसैँ सुरु हुनुअघिको तुलनामा अहिले डेंगुका बिरामी कम हुँदै गएका हुन्।

दसैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरू पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 

उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत हुनुहुन्छ भने एकजना आइसियूमा उपचाररत छन्। त्यस्तै, इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए।  

सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरू भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए। उनले दसैँको वेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरू कम भएको बताए। 

सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घरवरपर पानी जम्न नदिने, घरवरपर सफा राख्ने गरेमा डेंगुबाट बच्न सक्ने बताए। 

उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे।  सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरू भने बढिरहेको बताए। 

गत वर्षहरूमा असोज महिनाबाट सर्पदंशका बिरामीहरू धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरू अस्पतालमा उपचाररत थिए।  यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ। 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : १९ बजे

  • ...
    najlepsí binance odkazov'y kód

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    www.binance.com registrera dig

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    ...
    Бонус за регистрацию в binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *