२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पाँच जनाको स्वतन्त्र उम्मेदवारी



अछाम । प्रतिनिधि सभा सदस्यका लागि अछाममा पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा कांग्रेसका पूर्व उपसभापति र महासमिती सदस्य समेत छन् ।

त्यस्तै अन्य तीन जनाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति चन्द्र प्रसाद ढुंगानाले अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टी नेताहरुका गतिविधि ठिक नभएको भन्दै उनले यसअघि अछाम कांग्रेसको उपसभापति पदबाट राजीनामा दिएका थिए ।

कांग्रेसकै विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको प्रतिक्रिया छ । त्यस्तै अछाम जिल्लाको क्षेत्र नम्बर १ मा कांग्रेस महासमिती सदस्य राजन कुवँरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीको निर्णय प्रति चित्त नबुझेको भन्दै आफुले प्रतिनिधी सभाकालागि उम्मेदवारी दिएको उनले बताए ।

यस्तै क्षेत्र नम्बर १ बाटै जगत रावल, हिक्मत कुवँर र महेन्द्र बोगटीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *