८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घनश्याम भूसालले दिए स्वतन्त्र उम्मेदवारी



बुटवल । नेकपा एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ । भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् ।

उनको प्रतिस्पर्धा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *