काठमाडौं। बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ।
सार्वजनिक विदाका कारण पक्राउ परेको चार दिनसम्म उनलाई अदालत लगेर म्याद थप लिइएको थिएन। दशैं बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोपमा एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन्। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए।
उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।
प्रतिक्रिया