१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवार विरुद्ध आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने जनाएको छ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको छ।

आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत गएराति नै प्रकाशन गरिसकेको छ। आयोगका अनुसार आइतबार प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागी प्रतिनिधिसभातर्फ २,४७३ (पुरुष-२२४२, महिला-२३१), प्रदेशसभा तर्फ ३,३९३ (पुरुष-३०९९, महिला-२९३, अन्य- १) जनाले मनोनयनपत्र दर्ता गरेका छन्।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ। 

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजे देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *