काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कूल ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
त्यस्तै प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ। उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ।
उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो। मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ।
मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए।
बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन (असोज २६) ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ।
प्रतिक्रिया
en iyi binance referans kodu
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.