काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएकाे छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेकाे घटना प्रकरणले नयाँ माेड लिएकाे छ । साथै समाजिक सञ्जालमा समेत तरंग फैलिएकाे छ ।
लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएकाे छ । आज सोमबार कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको बताइन् ।
सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको जानकारी गराएका छन्।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको हो भने उनी जाहेरी परेको एक महिनापछि असोज २० गते पक्राउ परेका हुन्।
प्रतिक्रिया
Polecenie Binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?