११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज मंगलबार दिउँसो १२ बजेर ४५ मिनेटमा अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *