११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा एकै परिवारका तीनजनाको हत्या 



बारा । बाराको प्रसौनीमा एकै परिवारको हत्या गरी फालेको अवस्थामा तीनजनाको शव फेला परेको छ। प्रसौनी गाउँपालिका- ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविराजको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनैजनालाई बिभत्स तरिकाले हत्या गरिएको छ। घटनालगत्तै प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ। 

उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए। प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका छ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *