१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली, सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बदली



काठमाडौं । आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ । अन्य प्रदेशहरूका केहि ठाँउमा आंशिक बदली भएपनि मौसम सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिमका सिमित केहि स्थानमा मेघ गर्जन र चट्याङ्गको सम्भावना छ ।

अबको २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । तर पनि थोरै स्थानमा भने बेलाबेलामा भारी वर्षा हुने गरेको छ । यो बेला सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *